नेपालमा भएको १३औं सागमा पाकिस्तानले जितेका दुई स्वर्णसहित तीन पदक खोसियो

समाचार

गत मंसिरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पाकिस्तानले जितेका तीन वटा पदक खोसिएको छ।नेपाल ओलम्पिक कमिटीका अनुसार दशरथ रंगशालामा भएको एथ्लेटिक्सअन्तर्गत ११० मिटर हडल्समा स्वर्ण जितेका मोहमद नइम, ४ सय मिटर हडल्समा स्वर्ण जितेका मेहबुब अली र सय मिटरमा कास्य जितेका सामी उलाहको पदक खोसिएको हो।तीन जनै जनाले प्रतिबन्धित औषधी सेवन गरेको पुष्टि भएकाले पदक खोसिएको हो। ओलम्पिक कमिटीका अनुसार डोपिङमा असफल तीनै जनामाथि २०१९ डिसेम्बर २ देखि लागू हुने गरी चार वर्षको प्रतिबन्ध लगाइएको छ।

विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)को नियमअनुसार सागमा सहभागी खेलाडीको डोपिङ टेस्ट गरिएको थियो। जसको कतारको राजधानी दोहास्थित एन्टी डोपिंङ ल्याबमा परीक्षण गराउदा तीन जना खेलाडीले निषेधित पदार्थ सेवन गरेको पुष्टि भएको थियो।नियमअनुसार खेलाडीलाई दोस्रो पटक परीक्षण गराउने अवसर दिइएको थियो। जसमा नइम र मेहबुबले दोस्रो पटक परीक्षण गराउदा पनि असफल भएपछि उनीहरु कारबाहीमा परेका हुन्।११० मिटर हडल्समा भारतका खेलाडीले रजत र श्रीलंकाका खेलाडीले कास्य जितेका थिए। यस्तै चार मिटर हडल्समा रजत र कास्य दुवै पदक भारतीय खेलाडीले हात पारेका थिए।१३औं सागमा पाकिस्तानले १३२ पदक जितेका थियो। जसमा ३२ स्वर्ण समावेश थिए। दुई पदक खोसिएपछि पाकिस्तानको नाममा अब ३० स्वर्ण मात्र हुनेछ।

फिफा विश्वकप–२०२२ र एएफसी एसियन कप–२०२३ को छनोट प्रतियोगिताको बाँकी खेलहरु अक्टोबर र नोभेम्बरमा नहुने भएको छ।विश्व फुटबलको सर्वोच्च संस्था फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले अक्टोबर–नोभेम्बरको विन्डोमा हुने भनिएका छनोट खेलहरु कोरोना भाइरसका कारण स्थगित गर्ने संयुक्त निर्णय गरेका हुन्।यसअघि छनोट खेलहरू आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने भनिएको थियो। तर कोरोनाका कारण अब छनोट खेलहरु २०२१ मा गर्ने फिफाले जनाएको छ।

‘फिफा र एएफसीले विश्वकप तथा एसिया कप छनोट प्रतियोगिताको नयाँ मिति छलफल गरेर पछि सार्वजनिक गर्नेछ,’ फिफाको भनाइ छ।अक्टोबर र नोभेम्बरमा हुने भनिएको छनोटका लागि नेपालले भदौ १ देखि तयारी सुरु गर्न लागेको छ। त्यसका लागि अखिल नेपाल फुटबल संंघ (एन्फा) ले ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्वारेन्टिनमा रहेका खेलाडीहरुको कोरोनाको परीक्षण गर्न स्वाब संकलन समेत गरिएको छ।

दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ। ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्ने तय छ।नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ। समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ। नेपालले चाइनिज ताइपेईलाई हराएको थियो। अन्य चार खेलमा पराजित भएको थियो।नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ समान १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ।विश्वव्यापी बनेको कोरोनाका कारण गत चैत ४ गतेबाट एन्फाले सचिवालयसमेत बन्द रहने गरी सम्पूर्ण फुटबल गतिविधि बन्द गरेको थियो। त्यसयता सम्पूर्ण फुटबल