ब्राजिलियन मिडफिल्डर विलियन आर्सनलमा आबद्ध

समाचार

इंग्लिस क्लब आर्सनलले ब्राजिलियन मिडफिल्डर विलियनसँग सम्झौता गरेको छ। ३२ वर्षीय विलियनसँग तीन वर्षका लागि सम्झौता भएको छ।यसअघि चेल्सीमा रहेका विलियनको सम्झौता यहि सिजन सकिएको थियो।चेल्सीले सम्झौता थप गर्न चाहे पनि विलियनले अस्वीकार गरिदिएका थिए।सन् २०१३ मा रसियन क्लब मखाच्कलाबाट उनी चेल्सीमा ३० मिलियन पाउन्डमा आबद्ध भएका थिए। त्यसयता उनले चेल्सीबाट ३३९ खेल खेल्दा पाँच मुख्य उपाधि जिते। जसमा दुई प्रिमियर लिग र एक युरोपा लिग छन्।

सिजनमा आर्सनल आठौं भएको थियो। चेल्सीले भने चौथौ हुँदै च्याम्पियन्स लिगमा स्थान बनाएको थियो।विलियनको आगमनपछि टिममा ठूलो प्रभाव पर्ने प्रशिक्षक मिकेल अर्टेटाले बताएका छन्।लिगमा खराब प्रदर्शन गरे पनि आर्सनलले चेल्सीलाई हराएर एफए कपको उपाधि जितेको थियो। जुन खेल विलियनले घाइते भएका कारणले खेल्न पाएका थिएनन्।गत सिजनमा विलियनले ९ गोल गर्दा ७ एसिस्ट गरेका थिए।

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३४ जना फुटबलरसहित ५४ जनाको पाटन अस्पतालमा कोरोना भाइरसको पिसिआर टेस्ट गराएकोमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।पाटन अस्पतालका निर्देशक डाक्टर बिष्णुप्रसाद शर्माका अनुसार कोरोनाको पोजेटिभ आएका फुटबलरको रिपोर्ट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई पठाइएको छ।यसअघि एन्फाले मंगलबार २९ र सोमबार २५ जनाको कोरोना टेस्ट गराएको थियो। सोमबार टेस्ट गराएका सबैको नेगेटिभ नतिजा आउँदा मंगलबार एक जनाको फेरि टेस्ट गरिने एन्फाले जनाएको थियो।कोरोना लागेका पुष्टि भएकाको सम्पर्कमा आएकालाई निगरानीमा राखिने तयारी गरिएको छ। यस्तै कोरोना लागेका व्यक्तिको स्वास्थ्य जाँच गरेर घरमै आइसोलेसनमा राख्ने वा अस्पताल राख्ने विषयमा रोग नियन्त्रण महाशाखा निर्णय गर्नेछ।

नेपाली खेलकुद क्षेत्रमा कोरोनाको यो तेस्रो केस हो। यसअघि क्रिकेटर पवन दास र स्क्वास प्रशिक्षक हिरा थापालाई कोरोना लागेको पुष्टि भएको थियो।फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ छनोट प्रतियोगिताको तयारी सुरु गर्नुअघि एन्फाले खेलाडी, प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारी गरी ५४ जनाको कोरोना भाइरसको परीक्षण गराएको थियो।जसमा ३४ खेलाडी, ८ अफिसयल र १२ होस्टलका कर्मचारी थिए।एन्फाले भदौ १ देखि विश्वकप छनोटको तयारी गर्नका लागि फुटबल टिमका खेलाडी र अफिसियलको कोरोनाको परीक्षण गराएको थियो।यद्यपी फिफाले यो वर्ष विश्वकप छनोट प्रतियोगिताका बाँकी खेल नगर्ने निर्णय गरेसँगै नेपालको तयारी सुरु नै नभइ स्थगित भइसकेको छ।