२४ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनल इंग्लिस र स्पेनिस क्लबबिहीन

समाचार

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै स्पेनिस क्लब सेभिया युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ।आइतबार राति जर्मनीमा भएको पहिलो सेमिफाइनलमा सेभियाले युनाइटेडलाई २-१ गोलले हराएको हो।

खेलमा अग्रता भने युनाइटेडले खेलेको नवौं मिनेटमा लियो। मार्स्कोस रास्फोडलाई सेभियाका डिएगो कार्लोसले फल गरेपछि पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेजले गोल गरे।

२६ मिनेटमा सेभियाले बराबरी गोल फर्कायो। उसका लागि फरवार्ड सुसोले गोल गरेका थिए।त्यसपछि युनाइटेडले अग्रता लिन पाएका केहि अवसरमा सेभियाका गोलकिपर यासिन बाधक बने। उनले मार्टियलको केहि प्रहारलाई बिफल पारिदिए।खेल सकिन १२ मिनेट बाँकी छदा सेभियाले खेलमा अग्रता लियो। उसका लागि लुक डे जोङले गोल गरे। लुकलाई गोल गर्न जेसस नाभाले क्रसमार्फत पास दिएका थिए।

अब उपाधिका लागि शुक्रबार प्रतिस्पर्धा हुनेछ। त्यसअघि सोमबार दोस्रो सेभिफाइनलमा शख्तर र इन्टरमिलानबीच खेल हुँदैछ। खेलको विजेताले उपाधिका लागि सेभियासँग प्रतिस्पर्धा गर्नेछ।

भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणापछि विभिन्न प्रतिक्रिया आइरहेका छन्।धेरैले धोनीले भारतीय क्रिकेट टिमका लागि दिएको योगदानको स्मरण गर्दै धन्यवाद व्यक्त गरेका छन्।यस्तोमा भारतीय जनता पार्टी (भाजपा) का राज्यसभा सांसद सुब्रमण्डयम स्वामीले भने फरक प्रतिक्रिया दिएका छन्।

धोनीले क्रिकेटमार्फत दिएको योगदान अब सामाजिक जीवनमा पनि चाहिएको स्वामीको प्रतिक्रिया छ।’धोनीले क्रिकेटबाट संन्यास लिएका हुन् अरु कुराबाट होइन। अप्ठारासँग जुझ्न सक्ने र प्रेरणादायी नेतृत्व गर्न सक्ने उनको क्षमता अब सामाजिक जीवनमा पनि चाहिएको छ। उनी लोकसभा २०२४ को आम निर्वाचनमा लड्नु पर्छ,’ स्वामीले ट्विटरमा पोस्ट गरेका छन्।