क्यारेबियन प्रिमियर लिग मंगलबारबाट, सन्दीप आबद्ध जमैकाको पहिलो खेल बुधबार

समाचार

सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगिता मंगलबारबाट सुरू हुँदैछ।कोरोना भाइरसपछि विश्वभरका फ्रेञ्चाइज क्रिकेट लिग प्रभावित भएको अवस्थामा सिपिएलले क्रिकेटमा रौनक ल्याउने विश्वास गरिएको छ।कोरोना कारण यसपटकको सिपिएल ट्रिनिडाड एन्ड टोबागोमा मात्र हुँदैछ। ६ टिमबीच हुने प्रतिस्पर्धा ट्रिनिडाडका दुई वटा रंगशालामा हुनेछन्।

लिगमा जम्मा ३३ खेल हुनेछन् भने ती खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको छ।लिगमा आबद्ध विभिन्न देशका खेलाडी दुई साताअघि नै ट्रिनिडाड पुगेर क्वारेन्टिमा बसेका थिए। त्यहाँ पुगेर दुई पटक कोरोना भाइरसको पिसिआर परीक्षण गराएका सबैको नेभेटिभ नतिजा आइसकेको छबुधबार हुने उद्घाटन खेलमा ट्रिन्बागो नाइट राइडर्स र गुएना अमेजन वारियर्सबीच खेल हुनेछ। खेल नेपाली समयअनुसार राति ९ बजेपछि हुनेछ।

यस्तै दोस्रो खेल नेपाली समयअनुसार बुधबार विहान बार्बाडोस र सेन्ट किट्सबीच हुनेछ।लिगका लागि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने दुई साताअघि ट्रिनिडाड पुगेका थिए। सन्दीपको टिम जमैका तलावाजले पहिलो खेल बुधबार राति सेन्ट लुसियासँग खेल्नेछ।