शख्तरको पोस्टमा ५ गोल गर्दै इन्टर मिलान युरोपा लिगाको फाइनलमा

समाचार

युक्रेनको शख्तर डोनेट्स्कमाथि सानदार जित निकाल्दै इटालियन क्लब इन्टर मिलान युरोपा लिगको फाइनलमा पुगेको छ।सोमबार राति भएको दोस्रो सेमिफाइनलमा इन्टरले शख्तरलाई ५-० गोलले पराजित गरेर फाइनलमा स्थान पक्का गरेको हो।जर्मनीमा भएको खेलमा इन्टरका लागि लउटारो मार्टिनेज र रोमेलु लुकाकुले २-२ गोल गरे भने डानिलो एम्ब्रोसियोले एक गोल थपे।

खेलको १९ मिनेटमा मार्टिनेजले पहिलो गोल गरे। पहिलो हाफमा १-० ले अघि रहेको इन्टरका लागि एम्ब्रोसियोले ६४ मिनेटमा अग्रता दोब्बर पारे।७४ मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे।लुकाकुले पाँच मिनेटभित्र दुई गोल गरे। उनले ७८ मिनेटमा टिमका लागि चौथो गोल गरेका थिए। ८३ मिनेटमा अर्को गोल गरेपछि इन्टर ५-० ले अघि बढ्यो।अब उपाधिका लागि इन्टरले स्पेनिस क्लब सेभियासँग शुक्रबार राति प्रतिस्पर्धा गर्नेछ।

इंग्लिस क्लब म्यानचेस्टर सिटीका पूर्वकप्तान भिसेन्ट कोम्पनीले खेल जीवनबाट संन्यास लिएका छन्।उनले प्रशिक्षण करिअरमा केन्द्रीत रहनका लागि खेल जीवनबाट संन्यास लिएका हुन्। यसअघि उनले गत वर्ष बेल्जियन क्लब एन्डरलेचका खेलाडी तथा प्रशिक्षक दुवै पदका लागि सम्झौता गरेका थिए।दुवै पदमा रहदा एकमा केन्द्रीत हुन नसकेको भन्दै उनले प्रशिक्षक हुन चाहेको बताए।

‘म प्रशिक्षकको भूमीमा शतप्रतिशत केन्द्रीत हुन चाहान्छु,’ कोम्पनीले भनेका छन्,’त्यसैले मेलै खेल्न छाड्ने निर्णय गरेको हुँ।’३४ वर्षीय बेल्जियन डिफेन्डर कोम्पनी ११ वर्ष इंग्लिस क्लब सिटीबाट खेलेपछि गत सिजन स्वदेशी टिम एन्डरलेचमा आबद्ध भएका थिए।उनले सिटीबाट खेल्दा चार पटक प्रिमियर लिगको उपाधि, दुई पटक एफए कप र चार पटक लिग कपको उपाधि जिते।बेल्जियनको राष्ट्रिय टिमबाट ८९ खेल खेलेका उनी आगामी आइतबार पूर्णकालीन प्रशिक्षकको भूमीकामा देखिनेछन्। आइतबार एन्डरलेचले माउसकर्नसँग खेल्दैछ।