वर्षा बाधक बन्दा इंग्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेस्ट बराबरी

समाचार

वर्षा बाधक बन्दा इंग्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेस्ट बराबरीमा सकिएको छ। खेलमा दोस्रो दिनदेखि नै वर्षाले असर गरेको थियो। पाँचौ दिन पनि वर्षाले पूरा खेल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो।खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङमा २३६ रन बनाएको थियो।पाकिस्तानका लागि अदिल अलीले ६० रन जोड्दा मोहमद रिजवानले ७२ रनको योगदान दिएका थिए। यस्तै बाबर अजामले ४७ रन बटुलेका थिए। बलिङमा इंग्ल्यान्डका स्टुवार्ड बोर्डले ४ विकेट र जेम्स एन्डर्सनले ३ विकेट लिएका थिए।

त्यसपछि ब्याटिङ सुरु गरेको इंग्ल्यान्डले पाँचौ दिन पनि ब्याटिङ पूरा गर्न पाएन। पाँचौ दिनमा इंग्ल्यान्डले ४ विकेटको क्षमित ११० रन जोड्दा दिनको खेल सकिएको थियो।इंग्ल्यान्डका लागि ज्याक क्रलेले ५३ रन र डोम सिब्लीले ३२ रनको योगदान दिए। बलिङमा पाकिस्तानका मोहमद अब्बासले २ विकेट लिएका थिए।

पाकिस्तानका लागि ७२ रन जोडेका रिजवान खेलको प्लेयर अफ दि म्याच भए।अब २१ अगस्टदेखि साउथह्याम्टनमा तेस्रो टेस्ट हुनेछ। यसअघि पहिलो टेस्टमा घरेलु टिम इंग्ल्यान्ड विजयी भएको थियो। टेस्ट सिरिज सकिएपछि दुई टिमबीच तीन खेलको टी-२० सिरिज हुनेछ।