लाइपजिगलाई हराउँदै पिएसजी पहिलोपटक फाइनलमा

समाचार

फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।मंगलबार राति पोर्चुगलको लिम्बनमा भएको पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लाइपजिगलाई ३-० गोलले पराजित गर्दै पिएसजीले च्याम्पियन्स लिगको फाइनलमा पहिलो पटक स्थान बनाएर इतिहास बनाएको हो।

पिएसजीलाई उपाधि नजिक पुर्‍याउने क्रममा मार्क्विन्होस, एन्जल डि मारिया र जुवान बेर्नटले गोल गरे।मार्क्विन्होसले खेलको १३ मिनेटमा पहिलो गोल गरेका थिए। डि मारियाले ४२ मिनेटमा पिएसजीको अग्रता दोब्बर पारे।५६ मिनेटमा बेर्नटले पिएसजीका लागि तेस्रो गोल गरेका थिए।अब उपाधिका लागि पिएसजीले वायर्न म्युनिख र लियोनबीचको बुधबार राति हुने खेलको विजेतासँग खेल्नेछ। फाइनल आगामी आइतबार हुनेछ।

साउन पहिलो साता लकडाउन खुकुलो भएपछि खुसी भएका नेपाली खेलाडीलाई फेरि चिन्ता परेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अनिश्चितकालका लागि पुनः खेलकुद गतिविधि बन्द गर्दा अभ्यासमा फर्किएका खेलाडीलाई फिटनेसले पिरोलेको छ।घरेलु अभ्यासमा सीमित भएका खेलाडी अभ्यासमा फर्कन नपाउँदा पुरानो लय गुमेको थियो।

तीन महिना लामो लकडाउन भएपछि मापदण्ड पालना गरेर गतिविधि सञ्चालन गर्न अनुमति दिए पनि पूर्णरुपमा खेलकुद गतिविधिमा फर्किन सकेका थिएनन्।केहि खेलकुद संघले तोकिएको मापदण्ड पूरा गर्दै अभ्यासका लागि भदौ १ को साइत कुरिरहेका थिए। ब्याडमिन्टन, कराते, टेबल टेनिस जस्ता खेलले स्वास्थ्य प्रोटोकललाई पालना गरेर प्रशिक्षण गरिरहेका थिए। अहिले ती अभ्यास पुन: स्थगित हुँदा खेलाडी चिन्तित भएका छन्।यस्तै चिन्ताले सताएका राष्ट्रिय फुटबल टिमका मिडफिल्डर अन्जन विष्टले घरमै अभ्यास गरेर आफूलाई फिट राख्ने प्रयास गरिरहेका छन्। खेल मैदानमा समूहगत तरिकाले गरिने अभ्यास जस्तो नभए पनि आफूलाई फिट राख्न घरमै अभ्यासमा ब्यस्त रहेको विष्ट बताउँछन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप छनोट २०२२ को छनोट प्रतियोगिताका लागि उपत्यका बाहिर र भित्रका ३४ खेलाडीमा कोरोना परिक्षण गर्दै भदौ १ बाट अभ्यास गर्ने तयारी गरेको थियो।बढ्दो महामारीका कारण एसियाली फुटबल महासंघ (एएफसी) ले अक्टोबर र नोभेम्बर महिनाका लागि तय भएको छनोट खेल स्थगित गर्ने निर्णय गरेको थियो। त्यसपछि एन्फाले भदौबाट गर्ने भनेको प्रशिक्षण नै स्थगित गर्‍यो।फिट रहन घरेलु अभ्यासमा रहेका खेलाडीलाई प्रविधिको माध्यमबाट आवश्यक सल्लाह र सुझाव दिइरहेको राष्ट्रिय फुटबल टोलीका फिजियो आविस्कार पुडासैनी बताउँछन्।

खेलकुद क्षेत्रमा अहिले‍सम्म स्क्वास प्रशिक्षक हिरा थापा, राष्ट्रिय फुटबल टिमका एक खेलाडी र एपीएफ क्लबका २ खेलाडीमा कोरोना देखिएको छ। यस्तै ओलम्पिक कमिटीका दुई जना कर्मचारी र क्रिकेटर पवन दास पनि कोरोनाबाट संक्रमित छन्।