सिपिएल सुरू, बार्बाडोस र ट्रिन्बागोको विजयी सुरूवात

समाचार

सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगिता सुरू भएको छ। कोरोना भाइरसका कारण लिगट्रिनिडाड एन्ड टोबागोका दुई वटा रंगशालामा मात्र हुनेछन् भने दर्शकलाई प्रवेश निषेध गरिएको छ।प्रतिस्पर्धाको उद्घाटन खेलमा ट्रिन्बागो नाइट राइडर्सले गुयना अमेजन वारियर्सलाई ४ विकेटले पराजित गर्‍यो।

टस हारेर पहिले ब्याटिङ गरेको गुयनाले निर्धारित ५ विकेटको क्षतिमा १४४ रन जोड्यो। गुयनाका लागि शिमरन हेटमेयरले नटआउट ६३ रन जोडे। उनले ४४ बलमा २ चौका र २ छक्का हिर्काए। यस्तै रोश टेलरले ३३ रनको योगदान दिए।१४५ रनको लक्ष्य ट्रिन्बागोले २ बल खेल्न बाँकी छदा पूरा गर्‍यो। उसका लागि ओपनिङ ब्याट्सम्यान सुनील नारिनले ५० रन बटुले। उनले २८ खेलमा २ चौका र ४ छक्का प्रहार गरे।कोलिन मुनरोले ७ बलमा १७ रन र डिएम बाभ्रोले २७ बलमा ३० रन बटुले।

यता बार्बाडोस ट्रिडेन्ट्सले सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सलाई ६ रनले पराजित गर्‍यो।पहिले ब्याटिङ गरेको बार्बाडोस ट्रिडेन्ट्सले ९ विकेटको क्षतिमा १५३ रन जोड्यो। उसका लागि केल मायरले ३७ रन र कप्तान जासन होल्डरले ३८ रन बटुले। रासिद खानले २० बलमा २६ रन जोडे।१५४ रनको लक्ष्य पछ्याएको सेन्ट किट्सले २० ओभरमा ५ विकेटको क्षतिमा १४७ रन मात्र जोड्न सक्यो। उसका लागि जोसुआ डा सिल्भाले नटआउट ४१ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। यस्तै बेन डङ्कले २१ बलमा ३४ रन जोडेका थिए।लिगअन्तर्गत आज राति पौने आठ बजे जमैका तलावाज र सेन्ट लुसियाबीच खेल हुनेछ। जमैकामा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने आबद्ध छन्।