लियोनलाई हराउँदै वायर्न म्युनिख फाइनलमा, उपाधिका लागि पिएसजीसँग भिड्ने

समाचार

फ्रेञ्च क्लब लियोनलाई पराजित गर्दै जर्मन च्याम्पियन वायर्न म्युनिख युरोपियन च्याम्पिन्स लिगको फाइनलमा प्रवेश गरेको छ।वायर्नले बुधबार राति पोर्चुगलको लिस्बनमा भएको दोस्रो सेमिफाइनलमा लियोनलाई ३-० गोलले पराजित गर्‍यो।वार्यनका लागि सेर्जी जिनर्बीले दुई गोल गरे भने एक गोल रोबर्ट लेवान्डोस्कीले गरे।जिनर्बीले खेलको १६ र ३३ मिनेटमा गरी दुई गोल गरे। यस्तै लेवान्डोस्कीले ८८ मिनेटमा तेस्रो गोल गरेका थिए।

अब उपाधिका लागि वायर्नले फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ।पिएसजीले यसअघि जर्मन क्लब आरबी लाइपजिगलाई पराजित गरेर फाइनलमा स्थान बनाएको थियो।वायर्न युरोपियन प्रतिस्पर्धामा एघारौं पटक फाइनलमा प्रवेश गरेको हो। पिएसजीले भने पहिलो पटक फाइनल पुगेर इतिहास बनाएको हो।

सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट लिएका छन्।जमैका तलावाजका खेलाडी सन्दीपले सेन्ट लुसियाविरुद्ध एक विकेट लिएका हुन्।

सन्दीपले सेन्ट लुसियाका नाजिबुल्लाह जार्डानलाई २५ रन बनाएर खेलिरहदा रोभमान पावेलको हातबाट क्याच गराए।सन्दीपले चार ओभरमा १ विकेट लिँदा २३ रन खर्चिए। उनले १-१ चौका र छक्का दिँदा १२ बल डट फ्याँके। जससँगै उनी टिमका सबैभन्दा किफायती बलर भने। सन्दीपको इकोनोमी ५.७५ रह्यो।सन्दीप बाहेक जमैकाका लागि मुजिब उर रहमान र विरास्वामी परमलले २-२ विकेट हात पारे।पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले २० ओभरमा ७ विकेटको क्षतिमा १५८ रन जोड्यो। जमैकाले १५९ रनको लक्ष्य पछ्याएर ब्याटिङ गर्दैछ।