एपिएफ क्लबका ३६ खेलाडीलाई कोरोना संक्रमण

समाचार

लकडाउनपछि खेलकुद गतिविधि ठप्प भएपछि सशस्त्र प्रहरी बलले एपिएफ क्लबमा आबद्ध विभिन्न खेलका खेलाडीलाई सीमा सुरक्षामा खटाएको थियो।सशस्त्रले प्रदेश दुईको सीमामा ८६ जना खेलाडीलाई खटाएको थियो। एक महिनाका लागि भन्दै सीमा सुरक्षामा खटाइएका खेलाडीहरुलाई साढे दुई महिनापछि काठमाडौं फर्काउँदा झण्डै आधामा कोरोना भाइरसको संक्रमण भएको छ।

सशस्त्र स्रोतका अनुसार ३६ जना खेलाडी कोरोनाबाट संक्रमित भएका छन्।सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी राजु अर्यालले शुक्रबार काठमाडौं र भक्तपुर गणका ३६ जनामा संक्रमण देखिएको पुष्टि गरेका थिए।उनले संक्रमण भएका भनिएकाहरु अधिकांस खेलाडी भएको स्रोतले बताएको छ। यसअघि बुधबार पनि सशस्त्रका दुई जना खेलाडीमा कोरोना देखिएको थियो।भक्तपुरस्थित दुवाकोट गणका २० जना र काठमाडौंको निलबाराही गणका १६ जनामा संक्रमण देखिएको हो। अहिले उनीहरूलाई आइसोलेसनमा राखिएको छ।नेपालभरी सशस्त्र प्रहरीमा अहिलेसम्म ३ सय ८८ जनामा संक्रमण देखिएको छ। जसमा २ सय २४ जनाको उपचार भइरहेको छ।

श्रीलंकाका तीव्र गतिका बलर लासिथ मालिङ्गाले २०२० आइपिएलको सुरुवाती खेल गुमाउने भएका छन्।मुम्बई इन्डियन्सका अनुभवी बलर मालिङ्गाले व्यक्तिगत कारणले आइपिएलका सुरुवाती खेलका लागि युएई भ्रमण गर्ने छैनन्।मालिङ्गाको बुबाको बिरामी भएको र उनको शल्यक्रिया केहि हप्तामा हुँदैछ। आफ्नो बुबाको शल्यक्रियाको बेला मालिङ्गा कोलम्बोमै बस्न चाहेका छन्।

उनले यो अवधिमा कोलम्बोमै अभ्यास गर्ने बताइएको छ।मालिङ्गा मुम्बई टिममा आइपिएलको अन्त्यमा मात्र सम्मिलित हुनेछन्।मालिङ्गा मुम्बईका मुख्य बलरमा पर्छन्। गत सिजनको आइपिएलको फाइनलको अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दा मुम्बईले उपाधि जितेको थियो। उनले चेन्नई सुपरकिङ्ग्सविरुद्धको अन्तिम ओभरमा ८ रन डिफेन्ड गरेका थिए।

पहिला तीन ओभरमा ४२ रन खर्चिएका मालिङ्गाले अन्तिम ओभरको पाँच बलमा सात रन दिएका थिए। अन्तिम बलमा उनले विकेट लिएपछि मुम्बईले रोमाञ्चक जित हात पार्‍यो।अन्तिम ओभरमा जितका लागि २ रन चाहिएको अवस्थामा उनले चेन्नईका शार्दुल ठाकुरलाई आउट गरेका थिए। जससँगै मुम्बईले चौथो पटक उपाधि जितेको थियो।

मालिङ्गा सुरुवाती खेलमा आइपिएल खेल्न नजानुका कारण श्रीलंकाको क्वारेन्टिन सम्बन्धि नियम पनि हो। किनभने विदेशबाट श्रीलंका आउदा अनिवार्य रुपमा १४ दिनको क्वारेन्टिमा बस्नुपर्छ। युएई गएर बुबाको शल्यक्रियाका लागि फर्कदा क्वारेन्टिमा बस्नु पर्ने भएकाले उनी तत्काल युएई नजाने भएका हुन्।

अगस्ट २८ मा ३७ वर्ष लाग्ने मालिङ्गा आइपिएलका भ्यालुएबल खेलाडी हुन्। उनी टी–२० क्रिकेटमा बढी विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। उनले आइपिएलमा अहिलेसम्म १७० विकेट लिइसकेका छन्।उनी सन् २००९ मा मुम्बईमा आबद्ध भएका थिए। त्यसयता उनलाई मुम्बईले लगातार रिटेन गर्दै आएको छ। उनले गत सिजन बलिङ मेन्टरको रुपमा समेत काम गरेका थिए। उनलाई गत वर्ष मुम्बईले २ करोड भारु पारिश्रमिक दिएको थियो।