बार्सिलोनाका मिरालेम प्यानिचलाई कोरोना, ला लिगाको सुरुवाती खेल गुमाउने

समाचार

बार्सिलोनाका मिडफिल्डर मिरालेम प्यानिचलाई कोरोना भाइरसको संक्रमण भएको छ।बार्सिलोनाले यसै सिजन क्लबमा आबद्ध भएका प्यानिचलाई कोरोना भएको आइतबार पुष्टि गरेको हो।३० वर्षीय बोस्नीयाका खेलाडीको स्वास्थ्य राम्रो भएको तथा उनी अहिले घरमै सेल्फ आइसोलेसनमा बसेको बार्सिलोनाले जनाएको छ।१५ दिन भित्र कोरोनाको नेगेटिभ नजिता आए उनी बार्सिलोना भ्रमण गर्न सक्नेछन्।प्यानिच यसै सिजन इटालियन सिरि ए च्याम्पियन युभेन्ट्सबाट बार्सिलोना आएका थिए।

बार्सिलोनाले ब्राजिलियन खेलाडी अर्थरसँग प्यानिचको ‘स्वाप डिल’ (साटफेर) गरेको थियो।सिजन २०१९-२० को ला लिगामा दोस्रो भएको बार्सिलोनाले सिजनमा कुनै पनि उपाधि जित्न सकेन। जसका कारण बार्सिलोना १२ वर्षमा पहिलोपटक उपाधिबिहीन बन्न परेको थियो।सिजन २०२०-२१ को ला लिगाको सिजनको सुरुवात बार्सिलोनाले १२ सेप्टेम्बरदेखि गर्दैछ। कोरोना लागेका प्यानिचले भने सिजनका सुरुवाती खेल गुमाउने भएका छन्।

घरेलु टिम इंग्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा पाकिस्तान फलोअनमा परेको छ। पाकिस्तान पहिलो इनिङमा २७३ रनमा अलआउट भएपछि फलोअनमा परेको हो।यसअघि इंग्ल्यान्डले पहिलो इनिङमा ५८३ रन जोडेर इनिङ समाप्तीको घोषणा गरेको थियो।पाकिस्तानलाई फलोनअनमा पार्ने क्रममा इंग्ल्यान्डका जेम्स एन्डर्सनले पाँच विकेट लिए। उनले २३ ओभर बलिङ गर्दा ५६ रन दिए। स्टुवार्ड बोर्डको नाममा दुई विकेट रह्यो।पाकिस्तानका लागि कप्तान अजर अलीले शतक प्रहार गरे पनि आफ्नो टिमलाई फलोअनमा पर्नबाट जोगाउन सकेनन्। अली १४१ रनमा नटआउट रहे। उनले २७२ बल खेलेर २१ चौका प्रहार गरे।

पाकिस्तानका लागि मोहमद रिजवानले ५३ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा पेभिलियन फर्के। जसमा ६ ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भएका थिए। तेस्रो दिन पाकिस्तान २७३ रनमा अलआउट भएसँगै फलोअनमा पर्नुका साथै दिनको खेल सकिएको छ।यसअघि पहिलो टेस्टमा इंग्ल्यान्ड विजयी भएको थियो भने वर्षाले प्रभावित दोस्रो टेस्ट बराबरीमा सकिएको थियो। त्यसैले तेस्रो टेस्ट निर्णायक मानिएको छ।