क्रिकेट संघको साधारण सभा अनिश्चितकालका लागि स्थगित

समाचार

अस्ट्रेलियाका पूर्व तीव्र गतिका बलर रायन ह्यारिस आइपिएल टिम दिल्ली क्यापिटल्सको बलिङ प्रशिक्षक नियुक्त भएका छन्।अस्ट्रेलियाको राष्ट्रिय टिम, बिग ब्यास टिम ब्रिसबेन हिट र अर्को आइपिएल टिम किंग्स-११ पञ्जावको बलिङ प्रशिक्षक भइसकेका ह्यारिससँग दिल्लीले २०२० को सिजनका लागि सम्झौता गरेको हो।ह्यारिसले अब अस्ट्रेलियन प्रशिक्षक जेम्स होप्सलाई प्रतिस्थापन गर्नेछन्। होप्सले व्यक्तिगत कारण देखाउँदै सिजनमा बलिङ प्रशिक्षक हुन नसक्ने जनाएका थिए।४० वर्षीय ह्यारिसले दिल्लीको टिमलाई युएईमा चाडै भेट्ने बताइएको छ।मुख्य प्रशिक्षक रिकी पोन्टिङ, सहायक प्रशिक्षण मोहमद कइफ, स्पिन बलिङ प्रशिक्षक स्यामुयल बद्री र अन्य अफिसियलसँग ह्यारिसले कुराकानी गरिरहेको बताइएको छ।

‘आइपिएलमा फर्कन पाउँदा खुसी लागेको छ,’ ह्यारिसले दिल्लीको वेवसाइटमा भनेका छन्,’यो मेरा लागि ठूलो अवसर हो। मेरो लक्ष्य टिमलाई उपाधि दिलाउने हुनेछ। दिल्लीको बलिङ विभागलाई उत्कृष्ट पर्ने काम गर्नेछु। अर्कोतर्फ टिमलाई भेट्नका लागि उत्साहित छु।’ह्यारिसको मुख्य काम तीव्र गतिका बलरमा केन्द्रित हुने रहेको छ। दिल्लीमा आबद्ध नेपालका सन्दीप लामिछाने लगायतका स्पिनरका लागि भने स्यामुयल बद्रीले प्रशिक्षण दिनेछन्।दिल्लीबाट ‍सन्दीपले लगातार तेस्रो सिजन खेल्दैछन्। हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि ट्रिनिडाड एन्ड टोबागोमा रहेका सन्दीप उतैबाट आइपिएलका लागि युएई प्रस्थान गर्ने कार्यक्रम छ।नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बीमा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले महिला टिममा रहेका १८ जना खेलाडीको बीमा गरेको हो। यसअघि क्यानले कोरोना भाइरसको महामारी फैलिँदै गएपछि राष्ट्रिय टोलीमा रहेका पुरुष खेलाडीको कोरोना बीमा गरेको थियो।त्यतिबेला क्यानले पुरुष क्रिकेटरसहित ग्राउन्ड स्टाफ र कर्मचारीको गरी ५१ जनाको बीमा गरेको थियो। तर महिला खेलाडीको भने बीमा गरिएको थिएन।पुरुषको मात्र गरेर महिला खेलाडीमाथि बिभेद गरेको भन्दै व्यापक आलोचना भएपछि क्यानले महिला खेलाडीको पनि बीमा गराएको हो। पुरुष खेलाडीको मात्र बीमा गराएपछि राष्ट्रिय टिमकी उपकप्तान सीता रानामगरले सार्वजनिक रूममै असन्तुष्टि व्यक्त गरेकी थिइन्। 

भदौ १५ सम्म गर्ने भनिएको नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ।क्यानका सचिव अशोकनाथ प्याकुरेलले कोरोना भाइरसको संक्रमण बढिरहेकाले क्यानको साधारणसभा तत्कालका लागि सम्भव नभएको बताए। उनका अनुसार क्यानले साधारण सभाका लागि स्थिति सहज भएर सूचना प्रकासन गर्नेछ।यसअघि गत साउन पहिलो साता क्यानको कार्यसम्पादन समितिको बैठकले भदौ १५ सम्म वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो।

त्यतिबेला विभिन्न पाँच पदका लागि दरखास्त आह्वान गर्ने पनि निर्णय गरेको थियो। तर एक महिना बित्दा पनि दरखास्त आह्वान गरिएको छैन।प्रमुख प्रशिक्षक, महाप्रवन्धक, बित्त प्रवन्धक र क्रिकेट व्यवस्थापकको पदपूर्ति गर्नका लागि एक साताभित्र सूचना प्रकासन गर्ने क्यानले जनाएको थियो। सूचना प्रकासन गर्नुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग समन्वय गरिने क्यानको भनाइ थियो।यो अवधिमा क्यानले आइसिसीसँग समन्वय गरे पनि सूचना प्रकासित गर्न सकेको छैन।गत माघमा उमेश पटवालले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पद रिक्त छ। अहिले राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक जगत टमटालाई नेपाली टिम हेर्ने जिम्मेवारी छ।