एन्डर्सनले ६ सय विकेट पूरा गरेको खेल बराबरीमै सकियो

समाचार

पाकिस्तानविरुद्धको तेस्रो टेस्टमा इंग्ल्यान्डका जेम्स एन्डर्सनले मंगलबार आफ्नो टेस्ट करिअरमा ६ सय विकेट पूरा गरे।३८ वर्षीय एन्डर्सनले पाकिस्तानका अजर अलीलाई आउट गरेर टेस्टमा ६ सय विकेटको कोशेढुंगा पार गरेका हुन्। खेलमा उनले दोस्रो इनिङमा २ विकेट लिँदा पहिलो इनिङमा ५ विकेट लिएका थिए।उनी टेस्टमा ६ सय विकेट पूरा गर्ने इंग्लिस बलर बने भने विश्वका चौथो बलर बने।

यसअघि तीन खेलाडीले मात्र टेस्टमा ६ सय विकेट पूरा गरेका थिए। जसमा श्रीलंकाका मुथैया मुरलीधरण (८०० विकेट), अस्ट्रेलियाका शेन वान (७०८ विकेट) र भारतका अनील कुम्बले (६१९ विकेट) ले टेस्टमा ६ सय विकेट पार गरेका थिए।उनी ६ सय विकेट पूरा गर्ने पहिलो तीव्र गतिका बलर समेत भए।

उनले ६ सय विकेट लिएको खेल भने बराबरीमा सकियो। फलोअनमा परेको पाकिस्तानले दोस्रो इनिङमा ४ विकेटको क्षतिमा १८७ रन बनाएर खेलिरहँदा पाँचौ दिनको खेल सकिदा खेल बराबरीमा सकिएको हो। खेल भने पटक पटक वर्षाले प्रभावित बनेको थियो।यसअघि पहिलो इनिङमा इंग्ल्यान्डले ५८३ रन बनाएर इनिङ समाप्तीको घोषणा गरेको थियो। दोस्रो इनिङमा पाकिस्तान २७३ रनमै अलआउट हुँदा फलोअनमा परेको थियो।तीन खेलको सिरिज भने इंग्ल्यान्डले जित्यो। यसअघि इंग्ल्यान्ड पहिलो टेस्टमा विजयी भएको थियो। दोस्रो टेस्ट पनि बराबरीमा सकिएको थियो।

क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विकेट लिने क्रम जारी छ। लगातार चौथो खेलमा विकेट लिने क्रममा सन्दीपले बुधबार गुयना अमाजोन वारियर्सविरुद्ध एक विकेट लिए।सन्दीपले चार ओभर बलिङ गर्दा कुनै पनि बाउन्ड्री दिएनन् भने १२ रन मात्र खर्चिए। ३ को इकोनोमीमा बलिङ गरेका सन्दीपले १६ बल डट फ्याँकेका थिए।योसँगै सन्दीपले चार खेलमा ५ विकेट लिएका छन्।खेलमा जमैकाले गुयनालाई ५ विकेटले पराजित गर्‍यो। जारी प्रतियोगितामा जमैकाको यो दोस्रो जित हो।

पहिले ब्याटिङ गरेको गुयना २० ओभरमा ८ विकेटको क्षतिमा १०८ रन मात्र जोड्न सक्यो। उसका लागि रोस टेलरले सबैभन्दा बढी २३ रन दिए। बलिङमा जमैकाका सन्दीपले एक विकेट लिँदा उत्कृष्ट बलिङ गरेका अर्का स्पिनर मुजिब उर रहमानले ४ ओभरमा ३ विकेट लिए। ११ रन मात्र खर्चिएका उनी प्लेयर अफ दि म्याच भए।१०९ रनको लक्ष्य जमैकाले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। उसका लागि बोनरले ३२ बलमा नटआउट ३० रन र आन्द्रे रसेलले २० बलमा नटआउट २३ रन गरे।बलिङमा गुयनाका नवीन उल हकले २ विकेट लिए।