१३‍औं सागमा सहभागी १६ बक्सिङ खेलाडीको कोरोना बीमा

समाचार

गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ।पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले १३औं सागमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको कोरोना बीमा गरिदिएका हुन् ।नेपाली बक्सिङको विकासमा लामो समयदेखि क्रियाशील श्रेष्ठले आफ्नै खर्चमा हरेक खेलाडी र प्रशिक्षकको जनही एक लाख रुपैयाँको कोरोना बीमा गरिदिएका हुन् ।१३औं सागमा १० पुरुष र ६ महिला गरी १६ खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालले तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो । १३औं सागमा नेपालका मीनु गुरुङ, सनिल शाही र भूपेन्द्र थापाले स्वर्ण पदक जितेका थिए।

यसैगरी ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रधान र आशिष दुवाडीले रजत तथा सुशील थापा, तेजबहादुर देउवा, पुरन राई, विकास लामा, अर्जुन सिगु र चन्द्रकला थापाले कांस्य पदक जितेका थिए । १३औं सागमा दीपक श्रेष्ठ मात्र पदक जित्न असफल भएका थिए।यसैगरी १३औं सागमा प्रशिक्षणमा सहभागी बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर र प्रवीण तुलाधरको पनि पूर्व बक्सर श्रेष्ठले कोरोना बीमा गरिदिएका छन्।कोरोना भाइरसको महामारीका बेला विभिन्न खेलका खेलाडीको बीमा भएको समाचार आइरहँदा बक्सिङ खेलाडीको पनि बीमा गरिदिएको पूर्व बक्सर श्रेष्ठले जानकारी दिए। यसले महामारीको समयमा पनि खेलाडीको हौसला बढाउन सहयोग पुग्ने उनले बताए।

सेन्टर ब्याक ह्यारी मग्वायरलाई इंग्ल्यान्डको राष्ट्रिय फुटबल टिमबाट हटाइएको छ।इंग्लिस प्रशिक्षक गारेथ साउथगेटले मग्वायरलाई यसअघि टिममा राखेका थिए। तर ग्रिसको नाइट बार बाहिर झगडा गरेको मुद्दfमा अदालतले मग्यवायरलाई दोषी ठहर गर्दै २१ महिना १० दिनको सजाय सुनाएपछि उनलाई राष्ट्रिय टिमबाट हटाइएको हो।म्यानचेस्टर युनाइटेडका कप्तान समेत रहेका २७ वर्षीय मग्वायरले घुष दिन खोजेको, सार्वजनिक सेवकमाथि हिंसा गरेको तथा पक्राउ गरेपछि दुर्व्यवहार गरेको भन्दै दोषी ठहर गरिएको हो।शुक्रबार पक्राउ परेका मग्वायर आइतबार जमानतमा रिहा भएका थिए। अब उनले अदालतको आदेशविरुद्ध तत्काल अपील गर्ने भएका छन्।’हामीले तत्काल नै आदेशविरुद्ध अपील गर्ने अदालतलाई जानकारी दिएका छौं,’ कानुनी परामर्श लिएपछि उनले भने,’म कत्ति पनि बिचलित भएको छैन। घटनामा निर्दोष भएकोमा आत्मविश्वास छ।’

छुट्टी मनाउन ग्रिसको माइकोनोसमा गएका मग्वायर बार बाहिर झगडा गरेको आरोपमा पक्राउ परेका थिए। त्यहिँ झगडा उनका लागि महँगो सावित भएको छ।किनभने उनी युइएफए नेसन्स कपका लागि घोषणा गरिएको राष्ट्रिय टिमबाट हटाइएका छन्। इंग्ल्यान्डले सेप्टेम्बरमा हुने तय आइसल्यान्ड र डेनमार्कविरुद्धको खेलका लागि राष्ट्रिय टिम घोषणा गरेको हो।डिफेन्डर मग्वायर अगस्ट २०१९ मा लेस्टरबाट ८० मिलियन पाउन्डमा युनाइटेडमा आबद्ध भएका थिए।