४८ वर्षीय प्रवीन ताम्बे सिपिएल खेल्ने पहिलो भारतीय क्रिकेटर

समाचार

४८ वर्षीय लेगस्पिनर प्रवीन ताम्बे क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने पहिलो भारतीय क्रिकेटर बनेका छन्।सिजनका लागि ट्रिन्बागो नाइट राइडर्समा आबद्ध भएका ताम्बेले बुधबार सेन्ट लुसियाबिरुद्ध खेलेर सिपिएलमा डेब्यू गरेका हुन्। उनले खेलमा एक ओभर बलिङ गरेर एक विकेट लिए भने १५ रन दिए।यसअघि भारतको यु१९ टिमबाट खेलेका सनी सोहिलले तीन सिजन आइपिएल खेलेपछि सन् २०१८ मा बार्बाडोसबाट सिपिएल खेलेका थिए। तर उनी हाल अमेरिकाको राष्ट्रिय टिममा छन्।

ताम्बे कहिल्यै सिनियर स्तरको क्रिकेट नखेले पनि २०१३ मा राजस्थान रोयल्यमा आबद्ध हुन सफल भएक थिए। त्यतिबेला उनी ४१ वर्षका थिए।सोहि सिजन डेब्यू गर्दा उनी आइपिएल खेल्ने सबैभन्दा पाका खेलाडी बनेका थिए।त्यहि वर्ष उनले च्याम्पियन्स लिग टी२० पनि खेले। जहाँ उनी सर्वाधिक विकेट लिने खेलाडी बने। जसका कारण उनी मुम्बईको रणजी टिममा पर्न सफल भए।भारतीय खेलाडीलाई विदेशी क्रिकेट लिग खेल्न घरेलु क्रिकेटबाट संन्यास लिनु पर्ने नियम छ। तर पनि उनले २०१८ मा अनुमति नलिइ टी१० लिग खेलेका थिए।जसका कारण उनी आइपिएल खेल्नका लागि अयोग्य भएका थिए। तर पनि उनी २०२० को आइपिएलको अक्नसमा छनोट हुन सफल भए।

वेस्ट इन्डिजका अलराउन्डर ड्वायन ब्राभोले टी-२० क्रिकेटमा पाँच सय विकेट पूरा गरेका छन्।ब्राभोले बुधबार राति क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा टी-२० क्रिकेटमा पाँच सय विकेटको कोशेढुंगा पूरा गरेका हुन्। ट्रिन्बागो नाइटराइडर्सका बलर ब्राभोले सेन्ट लुसियाविरुद्धको खेलमा विकेट लिएर पाँच सय विकेट पूरा गरेका हुन्।
जससँगै ब्राभो टी-२० क्रिकेटमा पाँच सय विकेट लिने पहिलो र एक्ला बलर बनेका छन्। यसअघि ब्राभो टी-२० मा तीन सय र चार सय विकेट पूरा गर्ने पनि पहिलो बलर बनेका थिए।ब्रोभोले २००६ देखि ४५९ खेल खेल्दा पाँच सय विकेट पूरा गरेका हुन्। टी-२० दोस्रो सर्वाधिक विकेट लिने खेलाडी श्रीलंकाका लासिथ मालिङ्गा हुन्। उनले ३९० विकेट लिइसकेका छन्।उनले यो अवधिमा इन्डियन प्रिमियर लिग, बिग ब्यास लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिगलगायत विश्वभरका टी-२० लिग खेले। ब्राभोले सन् २०१४ मा तीन सय विकेट र २०१७ मा चार सय विकेट पूरा गरेका थिए।टी-२० मा सर्वाधिक विकेट लिने ब्राभो टी-२० बढी खेल खेल्ने खेलाडीको दोस्रो नम्बरमा छन्। ब्राभोले ४५९ खेल खेल्दा सर्वाधिक खेल खेलेका वेस्ट इन्डिजकै केइरन पोलार्डले ५०४ खेल खेलेका छन्।ब्राभोले २०१६ मा ८७ विकेट लिएका थिए। उनी सो वर्ष बढी विकेट लिने खेलाडीको शीर्ष स्थानमा थिए। त्यसअघि उनले २०१५ मा पनि ६९ विकेट लिएका थिए।
ब्राभोले आइपिएल र सिपिएलमा दुवै लिगमा सय विकेट पूरा गरेका छन्। उनी फरक दुई लिगमा सय विकेट पूरा गर्ने पहिला बलर हुन्। उनले आइपिएल टिम चेन्नई सुपरकिंग्स र सिपिएल टिम ट्रिन्बागो दुवैबाट पनि सय विकेट पूरा गरेका छन्।