खाद्यान्न-तरकारी सकिएको छ? ग्रीन-ग्रोथले घरै ल्याइदिन्छ

समाचार

पाकिस्तानविरुद्धको दोस्रो टी-२० खेलमा इंग्ल्यान्डले कीर्तिमानी जित हात पारेको छ।आइतबार म्यानचेस्टरमा भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै कीर्तिमान समेत बनायो।पाकिस्तानले दिएको १९६ रनको विशाल लक्ष्य ५ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पार गर्दै इंग्ल्यान्डले कीर्तिमान बनाएको हो।पाकिस्तानले दिएको अहिलेसम्मकै विशाल लक्ष्य पूरा गर्दै इंल्यान्डले कीर्तिमान बनाएको हो।पाकिस्तानविरुद्ध जित हात पार्ने क्रममा इंग्ल्यान्डका कप्तान इयान मोर्गानले ३३ बलमा ६६ रन जोडे। यस्तै डविल मलानले नटआउट ५४ रनको योगदान दिए।त्यसअघि विकेटकिपर जोनी बायस्ट्रोले २४ बलमा ४४ रन जोडेका थिए। बलिङमा पाकिस्तानका शादब खानले ३ विकेट र हरिस रउफले २ विकेट लिए पनि जितका लागि पर्याप्त हुन सकेन।त्यसअघि पाकिस्तानले ४ विकेटको क्षतिमा १९५ रन बनायो। यो पाकिस्तानले इंल्यान्डविरुद्ध टी-२० मा बनाएको अहिलेसम्मकै ठूलो लक्ष्य हो।पाकिस्तानका लागि मोहमद हाफिजले ३६ बलमा ६९ रनको योगदान दिए।बाबर अजामले ५६ रन र फखर जमानले ३६ रनको योगदान दिए।जितसँगै इंल्यान्डले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ। यसअघि पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।