लिभरपुललाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड

खेलकुद

प्रिमियर लिगको साविक विजेता लिभरपुललाई हराउँदै आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको छ।सिजनको लिग सुरु हुनु अघि हुने प्रतियोगितामा आर्सनलले पेनाल्टी सुटआउटमा लिभरपुललाई ५-४ गोलले पराजित गरेको हो।पेनाल्टी सुटआउटमा लिभरपुलका स्ट्राइकर रियान ब्रेस्टरको प्रहार क्रसबारमा लागेको थियो। उनीबाहेक अन्य खेलाडीको पेनाल्टी सफल भयो।त्यसअघि खेल १-१ को बराबरीमा सकियो। अग्रता भने आर्सलनले पहिले लियो।आर्सनलका लागि पियरी इमेरिक आयुबामेयाङ्ले उत्कृष्ट गोल गरेका थिए। खेलको १२ मिनेटमा साकाले उपलब्ध गराएको पासमा उनले गोल गरेका हुन्।खेलको ७३ मिनेटमा लिभरपुलका लागि ताकुमी मिनामिनोले बराबरी गोल फर्काएका थिए।लिभरपुलले लगातार दोस्रो पटक पेनाल्टीमा खेल गुमाएको हो। यसअघि सन् २०१९ मा लिभरपुल म्यानचेस्टर सिटीसँग पेनाल्टीमा पराजित भएको थियो।आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको यो १६औं पटक हो। जससँगै आर्सनल सर्वाधिक उपाधि जित्ने टिममा दोस्रो स्थानमा उक्लिएको छ।म्यानचेस्टर युनायटेडले सर्वाधिक २१ पटक र लिभरपुलले १५ पटक उपाधि जितेका छन्।

आइपिएल टिम चेन्नई सुपरकिंग्सका थप एक जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएको छ। यसअघि शुक्रबार चेन्नईका एक खेलाडीसहित १० जनालाई कोरोना लागेको थियो।
कोरोना लागेका दुवै खेलाडीको नाम खुलाइएको छैन। बाँकी ९ जना खेलाडी, अफिसियल वा सपोर्ट स्टाफ को हुन् भनिएको छैन।यता चेन्नईका ब्याट्सम्यान सुरेश रैना शनिबार व्यक्तिगत कारण देखाउँदै युएईबाट स्वदेश फर्किएका छन्। उनले अब आइपिएलका सबै खेल गुमाउने बताइएको छ।जसका कारण चेन्नई सुपरकिंग्सको तयारीमा असर गरेको छ। चेन्नईले सेप्टेम्बर १ बाट तयारी सुरू गर्ने बताए पनि त्यो सम्भव नुहने देखिएको छ।यता बिसिसिआईले अगस्ट २० देखि २८ सम्म आइपिएलका सबै टिमका खेलाडी, सपोर्ट स्टाफ र व्यवस्थापकहरू लगायतआइपिएलसँग सम्बन्धीतहरूको गरी १९८८ जनाको पिसिआर टेस्ट गरिएको बताएको छ।जसमा १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बिसिसिआईको भनाई छ। १३ जना मध्ये दुई जना खेलाडी भएको पनि बिसिसिआईको भनाई छ।ती मध्ये दुवै खेलाडी चेन्नईका हुन्। थप ९ जना गरी चेन्नईका ११ जनामा कोरोना देखिएको छ। बाँकी दुई जना कुन टिमका हुन् खुलाइएको छैन।कोरोना लागेकाहरूलाई अर्कै होटलको क्वारेन्टिनमा राखिएको छ।भारतमा कोरोना भाइरसको संक्रमण बढेपछि सिजनको आइपिएल युएईमा गर्न लागिएको हो। आइपिएल आगामी १९ सेप्टेम्बरबाट सुरू हुँदैछ। खेल तालिका अझै प्रकासित गरिएको छैन।

आइपिएलको कोभिड-१९ प्रोटोकल अनुसार सबै जना युएई पुग्ने बित्तिकै एयरपोर्टमा कोरोनाको परीक्षण गर्नु पर्छ।त्यहाँ पुगेको पहिलो, तेस्रो र पाँचौ दिनमा पनि टेस्ट गर्ने नियम छ। यस्तै ६ दिन टिम होटलमा अनिवार्य क्वारेन्टिनमा बस्नु पर्नेछ।