दिल्ली क्यापिटल्सले भित्र्यायो अर्का बलर

खेलकुद

इंग्लिस ओपनिङ ब्याट्सम्यान जासन रोए घाइते भएपछि आइपिएल टिम दिल्ली क्यापिटल्सले उनको स्थानमा बलरलाई भित्र्याएको छ।रोएको स्थानमा अस्ट्रेलियन देब्रे हाते तीव्र गतिका बलर ड्यानिल्स साम्ससँग दिल्लीले सम्झौता गरेको हो। यसअघि इंल्यान्डले पाकिस्तानविरुद्धको टी-२० सिरिजनका लागि घोषणा गरेको राष्ट्रिय टिममा रोए घाइते भएका कारण समावेश थिएनन्। जससँगै रोएले आइपिएल पनि गुमाउने बुझिएको छ।चोटका कारण आइपिएल गुमाउने रोए दोस्रो इंग्लिस खेलाडी हुन्। यसअघि दिल्लीकै अलराउन्डर क्रिस ओएक्सले पनि स्वास्थ्यको कारण देखाउँदै आइपिएल नखेल्ने बताएका थिए। त्यसपछि दिल्लीले उनको स्थानमा दक्षिण अफ्रिकाका तीव्र गतिका बलर एनरिच नोर्ट्जेलाई भित्र्याएको थियो।

पहिला एनरिच र अहिले साम्स भित्रिए भएसँगै दिल्लीमा बलरको संख्या बढेको छ। अहिले आबद्ध भएका साम्स गत सिजनको बिग ब्यास लिगमा चलेका बलर हुन्। उनले सिड्नी थन्डरका लागि १७ खेलमा ३० विकेट लिएका थिए। जससँगै उनी सिजनको बिग ब्यास लिगमा सर्वाधिक विकेट लिने बलर बनेका थिए।लगातार दुई जना विदेशी बलर भित्र्याएसँगै दिल्लीमा रहेका नेपालीका लेग स्पिनर सन्दीप लामिछानेलाई पहिलो रोजाइमा पर्न तीव्र प्रतिस्पर्धा गर्नु पर्नेछ। दिल्लीमा दक्षिण अफ्रिकाका कागिसो रबडा र अनुभवी भारतीय तीव्र गतिका बलर इशान्त शर्मा पनि रहेका छन्।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रेञ्च मिडफिल्डर पाउल पोग्बालाई कोरोना भाइरसको संक्रमण भएको छ। फ्रान्सको राष्ट्रिय टिमका प्रशिक्षक डिडियर डेस्चाम्सका अनुसार पोग्बाको कोरोनाको टेस्ट गर्दा पोजेटिभ देखिएको हो।२७ वर्षीय मिडफिल्डर पोग्बा अब १४ दिनको सेल्फ आइसोलेसनमा बस्नेछन्।अब उनले युइएफए नेसन्स कपअन्तर्गत दुई वटा खेल गुमाउनेछन्। ५ सेप्टेम्बर शनिबार स्विडेनविरुद्ध तथा ८ सेप्टेम्बरमा क्रोएसियाविरुद्ध हुने खेल उनले गुमाउने भएका हुन्।यद्यपी पोग्बाले इंग्लिस प्रिमियर लिगको सुरुवाती खेल भने नगुमाउन सक्छन्। १९ सेप्टेम्बरमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेससँग खेल्दा उनी मैदान उत्रन सक्नेछन्।तर इंग्लिस प्रिमियर लिगको सुरुवाती खेल खेल्न उनी कोरोनामुक्त भने हुन पर्नेछ।कोरोनाका कारण पोग्बाले राष्ट्रिय टिमको खेल गुमाउने भएपछि उनको स्थानमा १७ वर्षीय मिडफिल्डर इडुर्डो कमाभिग्नाले खेल्नेछन्।विश्वकप विजेता मिडफिल्डर पोग्बा युनाइटेडमा कीर्तिमानी ८९ मिलियन पाउन्डमा सन् २०१६ मा आबद्ध भएका थिए।