सन्दीपले लिए दुई विकेट, कमजोर ब्याटिङ गर्दा जमैका पराजित

खेलकुद

क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले लगातार पाँचौ खेलमा विकेट लिएका छन्।यसअघिका चार खेलमा पाँच विकेट लिएका जमैका तलावाजका बलर सन्दीपले बिहीबार बार्बाडोसविरुद्धको खेलमा दुई विकेट लिए। जससँगै सन्दीपले जारी सिपिएलका पाँच खेलमा सात विकेट लिएका छन्।सन्दीपले बिहीबार चार ओभरमा दुई विकेट लिँदा १६ रन दिए। उनले १३ बल डट फ्याँक्दा १ चौका मात्र दिए। सन्दीपले बिहीबार बार्बाडोसका रासिद खानलाई शून्य र एस्ले नर्सलाई २ रनमा आउट गरे।

तर खेलमा जमैकालाई बार्बाडोसले ३६ रनले पराजित गर्‍यो।पहिले ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ७ विकेटको क्षतिमा १४८ रन जोड्यो। उसका लागि केल मेयर्सले ८५ रन जोडे। उनले ५९ बलमा तीन चौका र ८ छक्का प्रहार गरे।बलिङमा जमैकाका सन्दीपले २ विकेट लिँदा मुजिब उर रहमानले ३ विकेट हात पारे। रहमानले ४ ‌ओभरमा १६ रन दिए।१४९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ९ विकेटको क्षतिमा ११२ रन मात्र जोड्न सक्यो। उसका लागि एनक्रुमान बोनरले सबैभन्दा बढी ३१ रन जोडे।जर्मिन ब्ल्याकउड २८ रनमा आउट हुँदा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। दशौं नम्बरमा ब्याटिङमा आएका सन्दीपले ६ बलमा नटआउट ४ रन जोडे।

इंग्लिस क्लब म्यानचेस्टर सिटीले बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीलाई भित्र्याउन प्रक्रिया अघि बढाएको छ।मंगलबार मेसीले आफूले बार्सिलोना छाड्न चाहेको बताएपछि उनलाई भित्र्याउन इंग्लिस क्लब सिटी अग्रपंक्तिमा देखिएको हो।सिटीले मेसीलाई तीन वर्षको सम्झौताको प्रस्ताव अघि सारेको इएसपिएनले स्रोतको हवाला गर्दै उल्लेख गरेको छ।मेसीका लागि सिटीपछि अमेरिकन मेजर सकर लिग टिम न्युयोर्क सिटीमा जान सक्ने प्रस्ताव पनि अघि सारिएको छ। न्युयोर्क सिटी म्यानचेस्टर सिटीकै कम्पनी सिटी फुटबल ग्रुपको स्वामित्वमा रहेको क्लब हो। कतारका लगानीकर्ताको ग्रुपअन्तर्गत विश्वभर दर्जनौ क्लब रहेका छन्।

३३ वर्षीय मेसीलाई भित्र्याएर सिटी इतिहासमा पहिलो पटक च्याम्पियन्स लिग जित्न चाहान्छ। त्यसपछि मेसीले चाहे न्युयोर्क सिटीमा जान सक्नेछन्। सिटीले खेल जीवनपछि पनि मेसी सिटी फुटबल ग्रुपको एम्बासडरको रूपमा रहने अर्को प्रस्ताव गरेको छ।म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले गत साता मेसीसँग छलफल गरेको युरोपियन मिडियाहरूको दाबी थियो। त्यसको केही दिनपछि मेसीले बार्सिलोना छाड्न चाहेको बताएका थिए।मेसीले क्लब छाड्ने बताएपछि अहिले सबैभन्दा ठूलो चिन्ता बार्सिलोनालाई परेको छ। किनभने बार्सिलोना मेसीबाट सकेसम्म बढी सम्झौता रकम उसुल्न चाहान्छ। तर मेसी आफूमाथिको रिजल क्लब हटाउन चाहान्छन्।मेसीले आफूसँग सम्झौता गर्दा सिजनको अन्त्यमा क्लब छाड्न सक्ने बुँदा पनि उल्लेख रहेको सम्झाउँदै बार्सिलोनालाई पत्र लेखेका छन्।