नापोलीमाथि इन्टर मिलानको जित

खेलकुद

इटालियन सिरि एमा दोस्रो स्थानको इन्टर मिलानले नापोलीलाई पराजित गरेको छ।मंगलबार राति भएको खेलमा इन्टरले २-० गोलको जित हात पारेको हो।इन्टरको जितमा डि’अब्रोसियो ११ मिनेट र मार्टिनेजले ७४ मिनेटमा गोल गरे।लिगको अर्को खेलमा तेस्रो स्थानको एटलान्टाले पर्मालाई २-१ गोलले पराजित गरेको छ।लिगमा दोस्रो स्थानको इन्टरको ३७ खेलबाट ७९ अंक छ। तेस्रो स्थानको एटलान्टाको ७८ अंक छ।यसअघि शीर्ष स्थानको युभेन्ट्सले दुई खेलअघि नै उपाधि जितेको थियो।उसको ३६ खेलबाट ८३ अंक छ।

वेस्ट इन्डिजविरूद्धको तीन खेलको टेस्ट सिरिज घरेलु टिम इंग्ल्यान्डले जितेको छ।मंगलबार सकिएको निर्णायक तेस्रो सिरिजमा वेस्ट इन्डिजलाई २६९ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो।तेस्रो सिरिजमा ३९९ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिज १२९ रनमै अलआउट भयो।त्यसअघि इंग्ल्यान्डले पहिलो इनिङमा ३६९ रन र दोस्रो इनिङमा २ विकेट क्षतिमा २२६ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो।वेस्ट इन्डिज पहिलो इनिङमा १९७ रनमै अलआउट हुँदा खेलमा इंग्ल्यान्ड हाबी भयो।इंग्ल्यान्डका लागि स्टुवार्ड बोर्डले पहिलो इनिङमा ६ विकेट र दोस्रो इनिङमा ४ विकेट गरि कुल १० विकेट लिन सफल भए, जससँगै उनले टेस्ट क्रिकेटमा ५०० विकेट पूरा गरे।