ब्राभोका टी–२० फर्म्याटमा पाँच सय विकेट

वेस्टइन्डिजका मध्यमगतिका बलर ड्वाने ब्राभो टी–२० क्रिकेट फर्म्याटमा पाँच सय विकेट लिने पहिलो बलर बनेका छन् ।सन् २००६ मा टी–२० खेलमा डेब्यु गरेका ब्राभोले बुधबार क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा यो उपलब्ध हात पारेका थिए ।जमैकामा चलिरहेको सिपिएल टी–२० मा ब्राभो ट्रिनबागो नाइटराइडर्सबाट खेल्छन् । उनले सेन्ट सुसिया जुक्सका क्रोनबेलको विकेट लिँदै टी–२० फर्म्याटमा पाँच सय […]

Continue Reading

नापोलीमाथि इन्टर मिलानको जित

इटालियन सिरि एमा दोस्रो स्थानको इन्टर मिलानले नापोलीलाई पराजित गरेको छ।मंगलबार राति भएको खेलमा इन्टरले २-० गोलको जित हात पारेको हो।इन्टरको जितमा डि’अब्रोसियो ११ मिनेट र मार्टिनेजले ७४ मिनेटमा गोल गरे।लिगको अर्को खेलमा तेस्रो स्थानको एटलान्टाले पर्मालाई २-१ गोलले पराजित गरेको छ।लिगमा दोस्रो स्थानको इन्टरको ३७ खेलबाट ७९ अंक छ। तेस्रो स्थानको एटलान्टाको ७८ अंक […]

Continue Reading

सन्दीपले लिए दुई विकेट, कमजोर ब्याटिङ गर्दा जमैका पराजित

क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले लगातार पाँचौ खेलमा विकेट लिएका छन्।यसअघिका चार खेलमा पाँच विकेट लिएका जमैका तलावाजका बलर सन्दीपले बिहीबार बार्बाडोसविरुद्धको खेलमा दुई विकेट लिए। जससँगै सन्दीपले जारी सिपिएलका पाँच खेलमा सात विकेट लिएका छन्।सन्दीपले बिहीबार चार ओभरमा दुई विकेट लिँदा १६ रन दिए। उनले १३ […]

Continue Reading

दिल्ली क्यापिटल्सले भित्र्यायो अर्का बलर

इंग्लिस ओपनिङ ब्याट्सम्यान जासन रोए घाइते भएपछि आइपिएल टिम दिल्ली क्यापिटल्सले उनको स्थानमा बलरलाई भित्र्याएको छ।रोएको स्थानमा अस्ट्रेलियन देब्रे हाते तीव्र गतिका बलर ड्यानिल्स साम्ससँग दिल्लीले सम्झौता गरेको हो। यसअघि इंल्यान्डले पाकिस्तानविरुद्धको टी-२० सिरिजनका लागि घोषणा गरेको राष्ट्रिय टिममा रोए घाइते भएका कारण समावेश थिएनन्। जससँगै रोएले आइपिएल पनि गुमाउने बुझिएको छ।चोटका कारण आइपिएल गुमाउने […]

Continue Reading

लिभरपुललाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड

प्रिमियर लिगको साविक विजेता लिभरपुललाई हराउँदै आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको छ।सिजनको लिग सुरु हुनु अघि हुने प्रतियोगितामा आर्सनलले पेनाल्टी सुटआउटमा लिभरपुललाई ५-४ गोलले पराजित गरेको हो।पेनाल्टी सुटआउटमा लिभरपुलका स्ट्राइकर रियान ब्रेस्टरको प्रहार क्रसबारमा लागेको थियो। उनीबाहेक अन्य खेलाडीको पेनाल्टी सफल भयो।त्यसअघि खेल १-१ को बराबरीमा सकियो। अग्रता भने आर्सलनले पहिले लियो।आर्सनलका लागि पियरी इमेरिक […]

Continue Reading

९७ अर्ब तिर्न कुनै क्लब तयार भए मात्र मेसीले बार्सिलोना छाड्न सक्ने ला लिगाको स्पष्टोक्ति

अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले स्पेनिस क्लब बार्सिलोना छाड्न ७ सय मिलियन युरोको (९७ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ बढी) रिलिज क्लज पूरा हुनु पर्ने स्पेनिस ला लिगाले स्पष्ट पारेको छ।७ सय मिलियन युरो तिर्न कुनै क्लब तयार भए ६ पटकका बलन डि’अर विजेता मेसीले बार्सिलोना छाड्न सक्ने ला लिगाले आइतबार जनाएको हो।गत साता ३३ […]

Continue Reading

अयाक्सका युवा मिडफिल्डर म्यानचेस्टर युनाइटेडमा

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले डच क्लब अयाक्सका युवा मिडफिल्डर डोनी भान डे बीकलाई आबद्ध गर्ने भएको छ।भान डे बीकलाई ४० मिलियन पाउन्डमा आबद्ध गर्न दुवै क्लब सहमत भएका छन्।युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले २३ वर्षीय मिडफिल्डरलाई भित्र्याउन लामो समयदेखि प्रयास गरेका थिए।अब युनाइटेडले भान डे बीकसँग व्यक्तिगत सम्झौता र मेडिकल गर्न बाँकी छ। केही दिनमा […]

Continue Reading

लिओनल मेसीको करिअरका १० उत्कृष्ट क्षण

अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले आफ्नो खेल करिअरमा थ्रुप्रै रेकर्ड बनाएका छन्। जसमा धेरै क्षणहरू विश्व फुटबलको अविस्मरणीय क्षणमा गनिन्छन्।विश्वका उत्कृष्ट खेलाडी मेसीले बार्सिलोनाका लागि ६४५ गोल गरे भने ३४ ट्रफी उचाले। उनले ६ पटक बालन डि’अर आफ्नो पोल्टामा पारिसकेका छन्।बार्सिलोनामा झन्डै दुई दशक बिताउँदा दर्जनौ कीर्तिमान बनाएका उनै मेसी अहिले बार्सिलोना छाड्न चाहिरहेका छन्।३३ वर्षीय […]

Continue Reading

राष्ट्रिय क्रिकेटरको तलब १० हजार बढेर आउने, यी हुन् तीन श्रेणीका २२ खेलाडी

नेपाली राष्ट्रिय क्रिकेटरको तलब १० हजार बढेर आउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन् २०१९ को पाउन बाँकी तलबमा १० हजार बढाएर दिन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सहमत भएको हो।यसअघि क्यानले २०१९ को तलब प्रदान गर्नका लागि २२ क्रिकेटर र भिडियो विश्लेषक रमन सिवाकोटीको नाम आइसिसीलाई पठाएको थियो। क्यानले यसअघि पाउँदै आएको […]

Continue Reading

सागको खेल सामग्री खरिदमा आर्थिक घोटालाको आरोप, राखेपले गठन गर्‍यो छानबिन समिति

गत मंसिरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा खेल सामग्री खरिदमा भएको अनियमितताका विषयमा छानबिन गर्न उपसमिति गठन भएको छ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागको खेल सामग्री खरिदमा भएको अनियमितता छानबिन गर्न उपसमिति गठन गरेको हो।राखेप बोर्ड सदस्य गोविन्दप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको ५ सदस्यीय समितिले खेल सामग्रीमा भएको अनियमितता छानबिन गर्नेछ। उपसमितिले […]

Continue Reading